कोरोना संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु

काठमाडौं, ५ पुस । कोरोना रोना भाइरसको संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको छ। यो साता मलेसियामा र केन्यामा थप एक–एक जना नेपालीको निधन भएको छ।

एनआरएनएका अनुसार हालसम्म विदेशमा ५२ हजार १ सय ५७ जना नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ। तीमध्ये ४९ देशका ४९ हजार १ सय १० जना नेपाली कोरोना संक्रमणबाट मुक्त भइसकेका छन्। यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो।

शनिवार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका ३ सय १२ जना जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

एनआरएनए अनुसार यो साता मलेसिया, भारत, कतार, युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here