अख्तियार प्रमुखमा प्रेमकुमार राई सिफारिस

काठमाडौं, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन्।

संवैधानिक परिषद्को गत मंसिर ३० गतेको बैठकले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो ।

चन्द पूर्वएआइजी हुन्। पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा देउवाले चन्दलाई प्रहरी महानिरीक्षक बनाउन जोड गरेका थिए।

तर, चन्दलाई सर्वोच्च अदालतले महानिरीक्षक नियुक्तिबाट रोक लगाएको थियो। चन्द सुदूरपश्चिमका हुन्।

अख्तियारमा सिफारिस भएका राई प्रधानमन्त्री केपी ओलीनिकट मानिन्छन्। उनले झन्डै एक वर्षअघि सचिवबाट अवकाश पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here