पुल्चोकमा गृहमन्त्री बादल समूहको छुट्टै भेला, को- को भए सहभागी ?

काठमाडौं, ६ पुस । संसद विघटन भइसकेपछि विभाजनको मुखमा पुगिसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा समूहगत भेला तीव्र भएका छन्।

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पुल्चोकस्थित सरकारी निवासमा आफू निकट केन्द्रीय सदस्य तथा सांसदहरुको छुट्टै भेला गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेता र सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । अर्कातिर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँबानेश्‍वरस्थित संसद भवनमा आफ्नो समूहको भेला डाकेको छ।

बादलले बोलाएका भेलामा पुर्व माओवादीमा बादल समुहका ३५ जना केन्द्रिय सदस्य छन् । त्यसैगरी उनको पक्षमा स्थायी कमिटी सदस्यहरु पम्फा भुसाल र देव गुरुङ समेत छन् । उनिहरु दुवै जना कार्यकारी अध्यक्ष प्रचण्डको पक्षमा छन् ।

भेलामा हितमान शाक्य, मनोज थापा, यशोधा सुवेदी, सूर्यप्रकाश सुवेदी, लेखनाथ न्यौपाने, सावित्रीकुमार काप्ले, अमृता थापा,श्रीराम ढकाल, मायाप्रसाद शर्मा, दिलिपकुमार प्रजापति,सुरेश आलेमगर, रामदीप आचार्य, महेश्वर दाहाल र युवराज भट्टराई सहभागी छन् ।

गृहमन्त्री बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट छन् । उनको पक्षमा पुर्व माओवादीका नेताहरु टोपबहादुर रायामाझी,हरिवोल गजुरेल,लेखराज भट्ट र मणी थापा समेत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here