काठमाडौं । पोषक तत्वले भरपुर मेजा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक फल हो । मेवामा म्याग्नेसियम, पोटासियम, नियासिन, प्रोटिन र क्यारोटिन तथा डायटरी फाइबर पोषक तत्वहरु पाईन्छ ।
गर्मी हावापानी धेरै मात्रामा पाईने भएपनि पहाडी क्षेत्रमा पनि मेवा पाईन्छ । पोषक तत्वले भरिपुर्ण मेवा गर्भवती महिलाको लागि भने फाइदाजनक हुँदैन् ।
गर्भवती महिलाले यसकारण खानु हुँदैन् मेवाः
१. मेवाको सबैभन्दा बढि हानी हुने भनेको गर्भवती महिलाका लागि हो । मेवाले गर्भाशयलाई संकुचित पार्ने भएकाले यसको सेवनले गर्भपतन हुने खतरा बढ्दछ ।
२. मेवाको सेवन केवल गर्भावस्थामा मात्र होइन सन्तान भएपछि पनि हानिकारक हुन्छ । मेवामा हुने पापेन नामक विषाक्त पदार्थले बच्चामा गम्भीर असर पार्दछ । त्यसैले बच्चा एक वर्षको नहुँदासम्म मेवा खुवाउँनु हुँदैन ।
३. क्यारोटेनिया नामक रोगको विरामीले मेवाको सेवन गर्नुहुँदैन । मेवामा भएको लेटेक्स नाम पदार्थले उक्त रोगका विरामीमा छालाको एलर्जी हुन्छ ।
४. मेवाको सेवनले शरीरमा सुगरको मात्रा कम गराउँन मद्दत गर्छ । तर मधुमेहका साथै रक्तचापका रोगीहरुले मेवाको सेवन भुलेर पनि गर्नुहुँदैन ।
५. मेवामा उच्च मात्रामा भिटामिन सी हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुने सम्भावना निम्त्याउँछ ।
६. पेटमा समस्या भएका वा झाडापखला लागेका मानिसले मेवाको सेवन गर्दा झन् पखाला लाग्ने सम्भावना हुन्छ ।
७. मुटु रोग र औषधी सेवन गरिरहेका मानिसले समेत मेवाको सेवन गर्नु हुदैन । साथै दिनमा एकभन्दा बढी मेवाको सेवन गर्दा घाँटीमा समस्या आउँछ ।(एजेन्सीको सहयोगमा)