९ वर्षिय युट्युवरको वार्षिक कमाई ३ अर्ब ६० करोड

काठमाडौं । अमेरिकाको ट्याक्ससमा बसोबास गर्ने ९ वर्षिय युट्युवर रेयान काजीको वार्षिक कमाई ३० मिलियन अर्थात ३ अर्ब ६० करोड रहेको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यम फोब्र्सले सार्वजनिक गरेको सन् २०२० मा युट्युवबाट सबैभन्दा धेरै कमाई गर्ने व्यक्तिको सूचीमा रेयान ३० मिलियन कमाई गर्दे पहिलो नम्बरमा परेका हुन् ।

६ वर्षको उमेरबाटै पैसा कमाउन सुरु गरेका रियानको युट्युव च्यानल ‘रेयान्ज वल्ड’ लाई अहिलेसम्म २७.६ मिलियन अर्थात २ करोड ७६ लाख भन्दा धेरै व्यक्तिले सब्सक्राइब गरिसकेका छन् । रेयानले सन् २०१५ मा पहिलो भिडियो युट्युबमा अपलोड गरेका थिए ।

रियानले सन् २०१९ मा युट्युवबाट २६ मिलियन डलर कमाई गरेका थिए । उनको एउटा भिडियोले २ विलियन भ्युज पाएको छ जुन यस्तो छः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here