विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ पुस । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३५ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ २२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ १९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ २३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ २९पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here