ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं, ७ पुस । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here