सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ९ पुस । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाली बजारमा बिहीबार छापावाल सुन तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छ । वुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १२६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here