विश्वमा कोरोनाः संक्रमितको सख्या ८ करोड नजिक, साढे १७ लाखको मृत्यु

काठमाडौं । विश्वमा अहिलसम्म ७ करोड ९७ लाख ३४ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुसार अहिलेसम्म ७ करोड ९७ लाख ३४ हजार १६४ जनामा कोरोना पुष्टी भएको हो । जसमा ५ करोड ६१ लाख २९ हजार १४७ जना कोरोना मुक्त भईसकेका छन् ।

विश्वमा अहिले २ करोड ३६ लाख ५ हजार मानिस सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७ लाख ४९ हजार ५२८ जना पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here