थप ४८१ जनामा कोरोना संक्रमण, ७३१ जना डिस्चार्ज

काठमाडौं, १२ पुस । नेपालमा थप ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ सय पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८२५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ४९ हजार ८ सय ६३ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here