दशककै उत्कृष्ट खेलाडी कोट्जर, पारस अवार्ड जित्न असफल

काठमाडौं, १२ पुस । स्कटल्यान्डका काइल कोट्जर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् ।

आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गर्ने अवार्ड घोषणा गरेको थियो । कोट्जर पुरुष एसोसिएट प्लेयर अफ दी डिकेड (दशकको उत्कृष्ट) अवार्ड जित्न सफल भएका छन् ।

अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का यस अवार्डका लागि मनोनयनमा परे पनि अर्वाड भने जित्न सकेनन् ।

यस विधामा पारस बाहेक स्कटल्यान्डका तीन तथा पपुवा न्युगिनी र नेदरल्यान्ड्सका १-१ जना खेलाडी रहेका थिए ।

नेपालका पारस र विजेता कोट्जर बाहेक स्कटल्यान्डका कलम म्याकलोयड र रिची बेरिङटन, नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा न्युगिनी अशद भाला यस विधाको मनोनयनमा परेका थिए ।

सन् २००९ बाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानी सम्हालेका पारसको नेतृत्वमा नेपालले डिभिजन पाँच देखि एकदिवसीय राष्ट्रसम्मको यात्रा तय गरेको थियो ।

त्यस्तै नेपाली टोलीले पारसको नै कप्तानीमा सन् २०१४ मा पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१९ मा नेपाली टोलीको कप्तानबाट राजिनामा दिएका पारसको कप्तानीमा नेपाल बलियो एशोसिएट राष्ट्र बन्न सफल भएको थियो । त्यस्तै स्कटल्याण्डले कोट्जरको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सम्पन्न भएको विश्वकप खेलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here