ग्लोबल आइएमई बैंकद्वारा दाङ र नवलपरासीमा शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं, १२ पुस । ग्लोबल आइएमई बैंकले दाङ्गको बबई गाउँपालिका–४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका–४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

यी शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४३ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् ।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटिसी/सिडिएमए/युटिएल/डिश होमको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व सङ्कलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here