दुई अर्ब १० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक, बोलकबोल दिउँसो २ बजे

काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले २८, ९१, १८२ दिन र ३६४ दिनका लागि सोमबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।

बैंकका अनुसार १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनको अवधिको हुनेछ ।

यो बिल आउँदो चैत १७ गते परिपक्व हुने छ । यस्तै, दुई अर्ब बराबरको ट्रेजरी बिल भने ३ सय ६४ दिनका लागि बिक्री गरिने भएको छ । यो बिल आउँदो वर्षको पुस १३ गते मात्रै परिपक्व हुने बैंकले जनाएको छ । यसअघि पनि बैंकले पुस ६ गते ट्रेजरी बिल बिक्री गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here