नेकपाका अध्यक्ष प्रचण्ड र चिनियाँ प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाडौं, १३ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियां कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधि मण्डल नेकपाका अध्यक्ष प्रचण्डलाई भेट्न सोमबार आज प्रचण्ड निवास खुमलटार पुगेको हो ।

श्रोतका अनुसार प्रचण्ड र चिनियाँ प्रतिनिधि मण्डलकाे भेटमा नेकपाको विभाजन, संसद विघटन लगायतका समसामयिक विषयमा कुराकानी भएको छ ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अलग–अलग भेटवार्ता गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here