प्रतितोला ७०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज छापावाल सुनको मूल्य प्रतिलोला ७०० रुपैयाँ बढेको छ ।

आइतवार प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ७०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमवार तेजावी सुनको मूल्य पनि प्रतितोला ७०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९४ हजार ४०० रुपैयाँ कायम भएको छ ।

सोमवार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १३ सय १५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here