जब स्टार क्रिकेटरलाई प्लेनबाट बाहिर निकाल्नु पर्यो !

अष्टे«लियाका पूर्वक्रिकेटर तथा टीभी कमेन्टेटर माइकल स्लेटरले जहाज भित्र खराब व्यवहार देखाएपछि जहाजबाट बाहिर निकाल्नु परेको छ ।

अष्टे«लियाको सिड्नीबाट वाग्गा वाग्गा जाने तयारीमा रहेका पूर्वस्टार क्रिकेटर स्लेटरलाई जहाजबाट निकालेर उडान गर्नु परेको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् ।

स्लटेरका साथमा दुई महिला थिए । उनी ति महिलाहरुसँग झगडा गरिरहेका थिए । त्यसैक्रममा उनी ट्वाइलेटमा छिरे र ती दुई महिलामध्ये एक जनालाई गाली गर्न थाले, चिच्याउन थाले ।

ट्वाइलेटमा आफूलाई बन्द गरेका स्लेटरलाई लिएर उड्ने आँट चालक दलले गरेन् । चालक दलले तुरुन्त सुरक्षाकर्मीलाई खबर ग्यो ।

क्वान्टास एयरवेजमार्फत स्लेटर यात्रा गर्न लागेका थिए । घटनापछि एयरवेजले एक पुरुष यात्रुलाई अभद्र व्यवहारका कारण जहाजबाट बाहिर निकालेर उडान गर्नु परेको स्वीकार गरेको छ ।

घटनापछि क्रिकेटर स्लेटरले आफ्नो उक्त गलत कामका लागि माफि मागेका छन् । वाग्गा यात्राका दौरान आफ्नो व्यवहारका कारण अन्य यात्रुमा परेको असुविधाप्रति आफूले मागि माग्ने उल्लेख बताए ।

उनी अष्ट्रेलियाको टिममा सन् १९९३ देखि सन् २००१ सम्म महत्वपूर्ण सदस्य थिए । उनी अहिले सेभेन नेटवर्क अष्ट्रेलियाका हाइप्रोफाइल कमेन्टेटर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here