मेस्सीले २०२० को अन्तिम खेल गुमाउने

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २०२० को अन्तिम खेल गुमाउने भएका छन् । चोटका कारण मेस्सीले वर्षको अन्तिम खेल गुमाउने भएका हुन् ।

आइतवार बार्सिलोनाले एक विज्ञप्ति जारी गर्दै मेस्सीले भर्खरै खुट्टाको उपचार गरेका कारण २९ डिसेम्बरमा हुने इएबारसँगको खेलमा उनी उपस्थित नहुने जनाएको हो ।

क्लबका अनुसार मेस्सीले हालै दाहिने एङ्कलको उपचार गराएका हुन् । अब उनी इएबारसँगको खेलपछि प्रशिक्षणमा फर्किने बार्सिलोनाले अपेक्षा गरेको छ ।

मेस्सीले यस सिजनको ला लिगामा सात गोल गरेका छन् । बार्सिलोनाले मंगलवार बेलुका इएबारसँग २०२० को अन्तिम खेल खेल्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here