काठमाडौंको तापक्रम एक डिग्रीमा झर्‍यो

काठमाडौं, १४ पुस । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान एक डिग्रीमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्रीमा झरेको हो।

यो यस वर्षअन्तर्गत अहिलेसम्मकै कम तापक्रम हो। सोमबार काठमाडौंको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here