नौ महिनापछि खुल्यो लाइसेन्सको अनलाइन फारम, दैनिक दुई सयले मात्रै आवेदन दिन पाउने

काठमाडौं । कोरोना संक्रमणको कारण बन्द भएको नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि अनलाइन फारम खुला भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गत चैत ११ गते अर्को सूचना प्रकाशन नहुँदासम्मको लागि बन्द गरिएको अनलाइन फारम आजबाट सातै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

अहिलेको समयमा दैनिक दुई सय जनाले मात्रै अनलाईन आवेदन दिन पाउने व्यवस्था गरेको विभागले जनाएको छ । जसमध्ये मोटरसाइकलको लागि एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०/५० जनाले आवेदन दिन पाउछन् ।

काठमाण्डौ उपत्यकामा चारसहित नेपालभरका १७ कार्यालयबाट अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here