भारतमा छ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

काठमाडौं । भारतमा छ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतिय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार यही महिना बेलायतबाट भारत आएको ६ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको हो ।

भारतमा १ करोडभन्दा धेरै मानिस कोरोना भाइरस संक्रमणको चपेटामा आईसकेका छन् ।

भारतले गत सातामात्रै बेलायतबाट आउने विमान र त्यहाँको विमानसेवाको वतजावतमा रोक लगाएको थियो ।

यो संगै नयाँ प्रकारको भाईरस १४ देशमा फैलिएको छ । यसअघि अस्ट्रेलिया, बेलायत, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन र सोमवार मात्रै दक्षिण कोरियामा नयाँ संक्रमण देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here