काठमाडौं उपत्यकामा ३९८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १४ पुस । काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १५६ महिला र १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्।

हाल काठमाडौंमा २ हजार ९४२ ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here