यूएईका नेपालीले इसेवा वालेटमा पैसा पठाउन सक्ने

काठमाडौं, १५ पुस । डिजिटल रेमिट्यान्सका लागि इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच सम्झौता भएको छ ।

उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुख कार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरेका छन् ।

अब यूएईमा रहेका नेपालीले ‘अलफर्दान एक्सचेन्ज’ का ६५ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

नगदमा पठाइएको रकम ईसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजारभन्दा धेरै एजेन्ट तथा इसेवा वालेट एपमै प्राप्त गर्न सकिनेछ । बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।

ईसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाका अनुसार ईसेवा मनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here