सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ पुस । आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाली बजारमा बुधबार छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँ बढ्दै प्रतितोला ९४ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार तोलामा १३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलाको १३०५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here