सामसुङको मोबाइल बिक्री घट्यो, वार्षिक बिक्री ३० करोडभन्दा कम

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङको स्मार्टफोन बिक्री संख्यामा कमी आएको छ । सामसुङ सन् २०२० मा ३० करोडभन्दा मोबाइल फोन बक्रिी गरेको छ ।

सामसुङले यो वर्ष गरेको स्मार्टफोन बिक्री संख्या पछिल्लो ९ वर्ष एताकै सबैभन्दा कम रहेको एक तथ्यांकले देखाएको छ । सामसुङको वार्षिक मोबाइल बिक्री संख्या २०११ एताकै सबैभन्दा कम हो । सन् २०११ पछि समसुङको ३० करोडभन्दा कम स्मार्टफोन बिक्री भएको पहिलो पटक हो ।

कोरोनाको कारण लक्ष्य अनुसार स्मार्टफोन बिक्री हुन नसकेको कारण देखाउदै २०२१ मा भने ३० करोड ७० लाख स्मार्टफोन बिक्री गर्ने लक्ष्य सामसुङले राखेको छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here