सन् २०२१ मा बजारमा आउदैछन् यी इलेक्ट्रिक कार

काठमाडौं । पछिल्लो समय इलेक्ट्रिक कारको माग बढ्न थालेको छ । वातावरण प्रदुषण सम्बन्धी चेतना र डिजलको मूल्य वृद्धि भएको कारण पनि मानिसहरु इलेक्ट्रिक मोटरसाइकल तथा कारप्रति आकर्षित भएका छन् ।

यस्तोमा कार निर्माता कम्पनीहरुले पनि नयाँ नयाँ इलेक्ट्रिक कारहरु सार्वजनिक गर्दै आएका छन् । सन् २०२१ मा पनि यस्तै नयाँ इलेक्ट्रिक कार सार्वजनिक हुँदै छ । आउदो वर्ष टेस्ला, महिन्द्रा, मारुति, रेनो, टाटा जस्ता कम्पनीले नयाँ इलेक्ट्रिक कार सार्वजनिक गरेको छ ।

टेस्लाः मोडेल थ्री

अमेरिकी कार निर्माता कम्पनी विश्वभर इलेक्ट्रिक कार निर्माणको लागि परिचित छ । सन् २०२१ मा पनि टेस्ला नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्दै छ । आउदो वर्ष टेस्लाले मोडेल थ्री इलेक्ट्रिक कार बजारमा ल्याउदैछ ।

मारुति वैगनआर इलेक्ट्रिक

२०२१ मा मारुति नयाँ इलेक्ट्रिक कार सार्वजनिक गर्दै छ । कम्पनीका अनुसार मारुतिले वैगनआर इलेक्ट्रिक बजारमा सार्वजनिक गर्दै छ ।

महिन्द्रा इकेयूभी १००

महिन्द्राको इकेयूभी १०० इलेक्ट्रिक कार २०२१ को सूरुवाति महिनामा नै बजारमा सार्वजनिक गर्ने तयारीमा कम्पनी रहेको छ । पछिल्लो समय इलेक्ट्रिक कार निर्माणमा महिन्द्राले विशेष ध्यान दिएको छ ।

टाटा अल्ट्रोज इभी

विश्वप्रशिद्ध कार निर्माता कम्पनी टाटा पनि सन् २०२१ मा नयाँ इलेक्ट्रिक कार बजारमा ल्याउदै छ । कम्पनीका अनुसार अल्ट्रोज इभी २०२१ को सुरुवाती महिनामा नै सार्वजनिक हुनेछ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here