थप ५११ जनामा कोरोना संक्रमण, ६०० जना डिस्चार्ज

काठमाडौं, १५ पुस । नेपालमा थप ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ सय जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ६ हजार ३ सय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here