गोरखामा थप ६ जनामा कोरोना संक्रमण

गोरखा । बुधवार गोरखामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार थप ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना पुष्टी हुनेमा गोरखा नगरपालिका वडा नं ५ का ३२ वर्षका पुरुष र वडा नं. ११ की ३७ वर्षकी महिला रहेका छन् ।

त्यस्तै, भिमसेन थापा पाउँपालिका वडा नं. १ को २७ र ४५ वर्षका पुरुष साथै सहिद लखन गाउँपालिका वडा नं. ७ का ३७ वर्षका पुरुष र ३४ वर्षकी महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here