काठमाडौं । केहि वर्षयता ग्रीन टी धेरै नै लोकप्रिय छ । धेरैले यसलाई तौल घटाउन र शरीरलाई चुस्त दुरूस्त बनाउनको लागि प्रयोग गर्ने गर्छन् ।
तर, यसको फाइदा यतिमात्रै छैन, यसले शरीरलाई स्फूर्ती प्रदान गर्छ र हामीलाई लामो समयसम्म एक्टिभ राख्न मद्दत गर्छ । यसले हाम्रो छाला पनि चम्किलो र मुलायम बनाउँछ । यसले हाम्रो शरीरमा भएका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्न पनि मद्दत गर्छ ।
ग्रीन टीको प्रत्येक कप एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ ।
तर, यसको सेवन गर्ने पनि एउटा सहि विधि छ । यसलाई पिउने एक सहि समय पनि तय गर्नुपर्छ होइन भने यसले हानी गर्न पनि सक्छ । त्यस्तै ब्लड प्रेसर लो भएका मानिसहरूले पनि यसको सेवन नगरेकै राम्रो हुन्छ ।
ग्रीन टी खाली पेटमा पिउनु हुँदैन । यसको सेवन गर्ने सबैभन्दा उपयुक्त समय भनेको बिहान खाना खानुभन्दा एक घन्टा अगाडी र बेलुका सुत्नुभन्दा दुइ घन्टा अगाडि हो । त्यस्तै दिउँसो पिउँदा पनि फरक पर्दैन ।
ग्रीन टीको सबैखाले फाइदालाई राम्रोसँग थाहा पाउन यसलाई कसरी बनाएर पिउने भन्ने बारेमा जानकार हुनुपर्छ । गर्नको ग्रीन टी बनाउने उपयुक्त तरिकाको बारेमा जानकार हुनुपर्छ ।
यसरी बनाउनुहोस् ग्रीन टी
१. चियाका पातहरू अलि खुकुलो बनाउनुहोस् जसले चियाको स्वाद उच्च कोटीको बनाउँछ । एक कप चिया बनाउनको लागि एक चम्चा चिया राख्न सबैभन्दा उत्तम हुन्छ । धेरै जनाको लागि चिया बनाउँदै हुनुहुन्छ भने पनि त्यहीअनुसार चिया बनाउनुहोस् ।
२. पानीमा भिजाउने समय तपाईंले प्रयोग गर्नुभएको ग्रीन टीको प्रकारमा भर पर्छ । सामान्यतया ग्रीन टीलाई २र३ मिनेटसम्म भिजाउनुपर्छ । एकपटक भिजाइसकेपछि चियाको पातलाई निकाल्नुहोस् ।
३. ग्रीन टी धेरैबेर पानीमा भिजाउनुभयो भने धेरै तीतो हुन्छ । चियाको स्वाद मन्द भएमा अर्कोपटकबाट अलि धेरै चियाको भिजाउनुहोस् वा एक मिनेट बढी भिजाउनुहोस् ।
४. सेरामिक कपमा चिया सर्भ गर्नुहोस् । परम्परागत रूपमा जापानी ग्रीन टी भित्री भाग सेतो भएको सानो सेरामिक कपमा सर्भ गरिन्छ । सेरामिक बाहेकको अन्य कपले चियाको स्वादलाई असर गर्नसक्छ । त्यस्तै जति सानो कप भयो चिया उति राम्रो गुणस्तरको हुन्छ ।
५. चियामा चिनी, दूध वा अरू चीज नथप्नुहोस्, यसमा अरू चीज मिसाउनुहुन्न । ग्रीन टी धेरै नै कडा स्वादको हुन्छ र यसलाई राम्रोसँग बनाएमा स्वाद आफैं राम्रो हुन्छ । सधैं गुलियो र फ्लेबर भएको चिया पिउने बानी छ भने सुरुमा तपाईंलाई ग्रीन टी को कच्चा स्वाद मन पर्दैन होला तर, यो विशेष खालको चिया भएकाले दुई चार कप पिएपछि विस्तारै तपाईंलाई बानी पर्छ ।
६. ग्रीन टी को पातबाट तीनपटकसम्म चिया बनाउन सकिन्छ । पुनः प्रयोग गर्दा पटमा चियाको पात राखेर तातोपानी राख्नुहोस् र ग्रीन टीलाई पहिले जस्तै गरेर तीन मिनेटसम्म भिजाउनुहोस् । यसरी तपाईंले ग्रीन टी बनाएर पिउन सक्नुहुन्छ । (एजेन्सीको सहयोगमा)