बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । छिमेकी मुलुक बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालिले नेपाली बजारमा उपलब्ध गराएको हो ।

सिम्फोनी ब्राण्डका ३ स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी जेड १८, सिम्फोनी जेड २८ र सिम्फोनी जेड ३० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले नेपालमा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवामैत्री डिजाइनका साथै अहिलेको अवस्थामा उपयुक्त विशेषताहरु सहितका रहेका छन् ।

यी फोनहरु बजेट मूल्यमा उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।

कम्पनीले नेपालभरी सिम्फोनीका मोबाइल फोनहरु आइतबारदेखि नै उपलब्ध गराएको छ भने ग्राहकहरुले आजैदेखि नजिकको मोबाइल पसलहरुबाट सिम्फोनी ब्राण्डका फोनहरु खरिद गर्न सक्नेछन् । त्यसैगरी सिम्फोनीका बजेट मूल्यका उच्चगुणस्तरीय फोनहरु ईकमर्श दराज डटकममा पनि उपलब्ध रहेका छन् ।

आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको छ ।

सिम्फोनी जेड ३० प्रो

यसमा स्मार्टफोनमा प्रिमियम फिचरहरु रहेका छन् । जसमा ६.५२ इन्चको एचडी प्लस नोच डिजाइनको डिस्प्ले रहेको छ । फोनमा मिडियाटेक अक्टाकोर १.८ गीगाहर्जको प्रोसेसरका साथमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज अप्सन राखिएको छ, यसको स्टोरेज बढाएर १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोग्राफीका लागि फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामराका साथमा ५ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । फोनलाई पावर दिन शक्तिशाली ५,००० एमएएचको ब्याट्री रहेको छ जसले ४५० घण्टाको स्ट्याण्डबाई टाइम र ३२ घण्टासम्मको निरन्तर टकटाइम दिन्छ । यसको बजार मूल्य बजार १६ हजार ४९९ रुपैयाँ रहेको छ ।

सिम्फोनी जेड २८

यस स्मार्टफोनमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा तथा पावरका लागि ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

यो स्मार्टफोन ३ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य बजार १३ हजार ४९९ रुपैयाँ रहेको छ ।

सिम्फोनी जेड १८

यसमा भने ६.५२ इन्चको एचडी प्लस डिस्प्ले, १.८ गीगाहर्जको अक्टाकोर प्रोसेसर, फोटोग्राफीका लागि १३ मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलको डुअल क्यामरा सेटअप तथा पावरका लागि ५,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।

यो स्मार्टफोन २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथ बजारमा उपलब्ध रहेको छ । यसको बजार मूल्य बजार ११ हजार ९९९ रुपैयाँ रहेको छ ।

सिम्फोनीका सबै स्मार्टफोनहरु लेटेस्ट एन्ड्रोयड १० अपरेटिङ सिस्टममा आधारित रहेका छन भने यी स्मार्टफोनहरु बजेट मूल्यमा उपलब्ध रहेका छन् । सबै फोनहरुको डिस्प्लेमा वारेन्टी प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here