काठमाडौं उपत्यकामा एकै दिन दुई हजार ४८६ जना सवारी चालक कारबाहीमा

फाइलफोटो

काठमाडौं, १७ पुस । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकै दिन बिभिन्न ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार ४८६ जना सवारी चालक कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार बिहीबार कारबाहीमा पर्नेमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने १७० जना रहेका छन्।

यस्तै, एकतर्फी सडकमा सो विपरीत चलाउने ६८ जना, सडक लेन पालना नगर्ने ९७ जना, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने ११० जना र सवारीसाधनको नम्बर प्लेट स्पष्ट नराख्ने २९ जना चालक पनि कारबाहीमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here