मुटु सम्बन्धी केही तथ्य, जो तपाईंलाई थाहा नहुन सक्छ

काठमाडौं । मुटु, मानव शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो । मुटुले प्रत्येक सेकेण्ड काम गरिहेको हुन्छ ।

कहिल्यै आराम नगर्ने मुटुसम्बन्धी केही तथ्य छन् । जो तपाईंलाई थाहा नहुन सक्छ जुन् निम्न छः

१. हाम्रो शरिरमा रहेका अंगहरुमध्ये मुटुमात्र यस्तो अंग हो जो कहिल्यै आराम गर्दैन ।
२. एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक धड्किन्छ ।
३. पुरुषको मुटुको तौल औसत ३०० ग्राम र महिलाको २५० ग्रामसम्म हुन्छ ।
४. मुटुले करिब ७५ ट्रिलियन कोशिकालाई रगत पुर्याउने काम गर्छ ।
५. पुरुषको तुलनामा महिलाको मुटु अति छिटो धड्किन्छ ।
६. धूमपान गर्नेहरूमा हर्ट अटयाकको संभावना ४०० प्रतिशतसम्म हुनसक्छ ।
७. वयस्क मानिसको मुटुले हरेक मिनेट करिब साढे पाँच लिटरजति रगत पम्प गर्छ ।
८. मुटुले जीवनकाल भरीमा करिब सयवटा ठूला स्विमिङ पुल बराबर रगत पम्प गर्छ ।
९. मुटुले पम्प गरेको रगतको दबाबले रगत ३० मिटरको उचाइसम्म पुग्न सक्छ ।
१०. चकलेट खादाँ हर्ट अट्याक एक तिहाइले घट्दछ ।
११. विश्वभर सोमबार सबैभन्दा बढी हर्ट अटयाक हुने गर्दछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here