‘सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघारमा पुगेको होइन’

काठमाडौं, १७ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रिय सभामा संसदीय दलका नेता दिनानाथ शर्माले सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजनको संघार नपुगेको दाबी गरेका छन् ।

शुक्रबार अपरान्ह सुरू भएको राष्ट्रिय सभा बैठकमा बोल्दै शर्माले कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन नभएको दाबी गरे । ‘मेरो राजनीतिक इतिहासको ५५/५६ वर्षको इतिहासमा पार्टी एकता भएर नेकपा बन्दा म सबैभन्दा बढी खुशी थिएँ । हामी सबै खुशी थियौँ ।

खुशी नहुने कोही पनि थिएनन् । नेपाली जनता खुशी भएका कारण त्यो खुशी निर्वाचनमा अभिव्यक्त भएको थियो’, नेता शर्माले भने, ‘आज पार्टी विभाजनको संघरमा आउँदा मेरो मुटु फुटेको अनुभव भएको छ ।’

‘हामी धेरै पटक फुट्यौँ र जुट्यौँ विगतमा यत्ति धेरै दुःख प्रकट गरेको थिइन । यसले बढी पीडा भएको छ’, शर्माले भने, ‘मैले यहाँ अनुहार हेरेको छु र मुटु छामेको छु ।

सबैका अनुहार उदासिन र मलिन छन् । म मौन मनोविज्ञानलाई पढिराखेको छु । इतिहासको यो क्षणमा हामी विभाजित भएका छोँ तर अझै पनि हामी एक हुने समीकरण र रसायन भए त्यसबाट जोड्न सकिन्छ भने त्यसमा हाम्रो प्रयत्न हुनेछ।’

शर्माले इतिहासमा नेपालका कम्युनिस्ट पार्टी फुटेको तर अहिले बढी पीडा भएको बताए । उनले उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतमले पार्टी एकताका लागि जोड्न रसायन छ भने प्रयोग गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here