टेल्जी लियोपार्डको नयाँ इलेक्ट्रीक स्कूटर नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको नेपालको लागि एकमात्र आधिकारिक वितरक योम मा ई मोटर्स प्रालिले नयाँ इलेक्ट्रीक स्कुटर नेपालमा भित्राएको छ ।

कम्पनीले अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाटआवरको व्याट्रीप्याक रहेको छ । टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज प्रदान गर्छ ।

यस इलेक्ट्रीक स्कुटरको व्याट्री एक पटक फुल चार्ज गर्न ५ घन्टा लाग्छ। यसका अलावा यो स्कुटरमा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेसलगायतका महत्वपुर्ण फिचरहरु समावेश रहेको छ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बरावरको छुट प्रदान गर्नेसमेतजनाएको छ । हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन् भने १० हजाररुपैयाँ बराबरको एशोसरिज निःशुल्क पाउने छन् । एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट,पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन्।

टेल्जी लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।कम्पनीले नेपाल भित्र्याएको टेल्जी लियोपार्ड (TAILG LEOPARD) गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो । यो इलेक्ट्रीक स्कुटरले एक पटकको फुल चार्जमा ६५६.८किलोमिटर यात्रा गरेर उक्त रेकर्ड राख्न सफल भएको थियो ।

टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा विक्रीभइरहेको छ भने, यो चिनियाँ प्रमुख ३ ठूला उत्पादक कम्पनीहरु मध्येको एक रहेको छ । त्यस्तै टेल्जीब्रान्ड संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ(मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनर समेत रहेको छ।

उक्त स्कुटर सार्वजनिक कार्यक्रममा योम मा इ मोटर्स प्रालिका संचालक संजिव सिल्पकारले भने-“हामीले नेपाली बजारमा आर्कषक मूल्यसहित टेल्जी ब्रान्डका उत्कृष्ट स्कुटरहरु विक्री गर्दै आएका छौ ।

अहिले नेपालमा भित्र्याएको टेल्जी लियोपार्ड नेपाली भुगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारितस्कुटर हो । आगामी दिनमा पनि ग्राहकको चाहना अनुरुप यस्तै थुप्रै नयाँ उत्पादन ग्राहक माझ भित्र्याउने छौं ।”

उनले भने -‘ हामीले टेल्जी ब्रान्डलाई स्थापित गर्नका लागि विक्रीमा मात्र ध्यान केन्द्रि नगरि विक्रीपछिको सेवालाई पनि त्यत्तिकै महत्वका साथ अघि बढाउँदै जानेछौ ।’

त्यस्तै कम्पनीका अध्यक्ष राजेश राजकर्णिकारले भने, ‘हामीले वातावरण मैत्रीमात्र नभएर ग्राहकहरुको बजेट सुहाउँदो स्कुटर ल्याएका छौं ।

टेल्जीका स्कुटर नेपाली बजार सुहाउँदो मूल्य तथा अन्य कम्पनीको तुलनामा धेरै किलोमिटर रेन्ज दिने पक्का छ । हामी हाम्रा ग्राहकलाई उचित मूल्यमा उत्कृष्ट उत्पादन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दछौं ।’

योम मा इ मोटर्स प्रालिले हाल नेपालमा टेल्जीका तीन मोडलका स्कुटर तथा जिनियस ब्रान्डका दुई मोडलका मोटरसाइकल विक्री गर्दै आएको छ ।

कम्पनीले लक डाउनका बीच नक्साल नारायण चौरमा शोरुमको उद्घाटन गरेर विक्री प्रारम्भ गरेको थियो । उक्त शोरुमको उद्घाटन नेपाल बिद्युत प्राधिकरणका निर्वतमान निर्देशक कुलमान घिसिङ र नेपाल आबिष्कार केन्द्रका अध्यक्ष महाविर पुनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here