सन् २०२१ को पहिलोदिन विश्वभर तीन लाख ७१ हजार शिशुको जन्म

काठमाडौं । सन् २०२१ को पहिलो दिन विश्वमा तीन लाख ७१ हजार पाँच सय चार जना शिशु जन्मिएको संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ) ले जनाएको छ ।

यूनिसेफको प्रतिवेदनअनुसार जनवरी १ मा सबैभन्दा धेरै भारतमा करिब ६० हजार, चीनमा ३५ हजार ६१५ र नाइजेरियामा २१ हजार ४३९ शिशुको जन्म भएको छ ।

यूनिसेफले सन् २०२१ मा संसारभरि अनुमानित १४ करोड शिशु जन्मने आँकलन गरेको छ ।

भारत, चीन, नाइजेरिया, पाकिस्तान, इन्डोनेसिया, इथियोपिया, अमेरिकालगायतका १० देश धेरै शिशु जन्माउने देशको सूचीमा परेका छन् ।

ठूलो संख्यामा जन्मिएका नयाँ सुन्दर बालबालिकाहरुलाई स्वागत गर्न पाइएकोमा रोमाञ्चित बनाएको यूनिसेफका प्रतिनिधि फोरुघ फोयौजातले बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२० सबैका लागि चुनौतिपूर्ण वर्ष बनेको थियो, त्यसमा पनि बालबालिकाहरुका लागि झनै चुनौतीपूर्ण भएको थियो ।

नयाँ वर्षमा समस्याहरु व्यवस्थापन हुँदै अवस्था सहजतातर्फ जाने यूनिसेफले विश्वास लिएको छ । विश्वभर दुर शिक्षा, विद्यालय सञ्चालन, सफा खानेपानी, पोसिलो खाद्य पदार्थ लगायतका बालबालिकाको क्षेत्रमा सहयोग गर्दै आएको यूनिसेफले सन् २०२० मा कोरोनाविरुद्ध लड्नका लागि पनि आवश्यक सहयोगमा जोड दिएको थियो ।

सन् २०२० को जनवरी १ मा भने संसारभरि तीन लाख ८६ हजार शिशुको जन्म भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here