भिरबाट लडेर गोरखामा एक वृद्धको मृत्यु

गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ मा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

शहिद लखन गाउँपालिका वडा नं. ७ का ७२ वर्षिय तेजबहादुर थापाको खाब्दी प्राबि नजिकैको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

थापाको शव मंगलवार बिहान भिरबाट करीब ५० मिटर तल फेला परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here