दुई करोड ३९ लाख नेपालीको पहुँचमा इन्टरनेट, डेटा प्रयोग गर्ने कति ?

काठमाडौं २१ पुस । नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या २ करोड ३९ लाख २१ हजार १ सय ८० जना पुगेको छ।

जसमा पौने दुई करोड मानिसले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

नेपाल दुरसञ्चार प्राधिकरणको कात्तिक महिनासम्मको म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (एमआइएस) रिपोर्टको अनुसार नेपालमा ब्रोडव्यान्ड इन्टरनेट प्रयोगकर्ता मध्ये १ करोड ७५ लाख ७५ हजार ४ सय १९ जनाले मोबाइल डेटाबाट इन्टरनेट प्रयोग गर्ने गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार तारको मद्दतमा ब्रोडव्याण्ड चलाउने ६१ लाख १९ हजार ९९ जना रहेका छन् । त्यस्तै तार बिना ब्रोडव्याण्ड प्रयोग गर्ने मानिसको संख्या २ लाख २६ हजार ६ सय ६२ जना रहेको छ ।

नेपाल टेलिकमको इनटरनेट प्रयोगकर्ता ६० प्रतिशत

प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालमा मोबाइलबाट इन्टरनेट चलाउने मानिसको कुल संख्याको ६० प्रतिशतले नेपाल टेलिकमको इन्टरनेट प्रयोग गर्ने गरेका छन् ।

टेलिकमको मोबाइल इन्टरनेट प्रयोग कर्ताको संख्या १ करोड ६ लाख १९ हजार १ सय ४३ जना रहेको छन् । जसमध्ये फोरजी प्रयोगकर्ताको संख्या २० लाख १९ हजार ९ सय १६ जना छ भने थ्रिजी प्रयोगकर्ताको संख्या ८४ लाख ३२ हजार ६ सय ५४ जना छ ।

एनसेल/ स्मार्टसेल

एनसेलको मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या ६७ लाख ५६ हजार ५ सय १५ जना रहेको छ । जसमा ४० लाख ८२ हजार ५ सय १७ जनाले फोरजी प्रयोग गर्छन् भने २६ लाख ७३ हजार ९ सय ९८ जनाले थ्रिजी प्रयोग गर्छन् ।

यस्तै, स्मार्ट सेलको मोबाइलबाट इन्टरनेट चलाउने मानिसको संख्या १ लाख ९९ हजार ७ सयउ ६१ जना रहेको छ । यी सबै मानिसले फोरजी प्रयोग गर्छन् ।

एनसेल र स्मार्टको मोबाइल इन्टरनेट मात्रै छ भने नेपाल टेलिकमको एडीएसएल, एफटीटीएच, इन्टरनेट लिज लाइन र वाइम्याक्स सेवा पनि प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here