सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रह्यो । आज छापावाल सुनको मूल्य प्रतिलोला ३०० रुपैयाँ बढेको छ ।

मंगलबार प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३०० रुपैयाँ बढ्दै प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँ नै बढेको छ । आज तेजावी सुनको कारोबार मूल्य ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य १३ सय ४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here