काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । वागमती प्रदेशका दुई नगरहरु काठमाडौं महानगर र मेलम्ची नगरबीच भगिनी सम्बन्ध सम्बन्ध स्थापना भएको छ ।

पुष २१ गते काठमाडौंमा आयोजना गरिएको एक औपचारिक समारोहमा महानगरका मेयर विद्यासुन्दर शाक्य र मेलम्ची नगरका मेयर डम्वरबहादुर अर्यालले सहमति पत्रमा हस्ताक्षर गरे । सहमति पत्रमा हस्ताक्षर गरेपछि घोषणा पत्रमा हस्ताक्षर गरेर अन्तर नगर भगिनी सम्बन्धलाई औपचारिकता दिइएको हो ।

काठमाडौंमा वितरण गरिने खानेपानी मेलम्चीबाट ल्याउने बहुप्रतिक्षित आयोजनाका कारण करीब २० बर्षदेखि काठमाडौंसँग मेलम्चीको नाम जोडिँदै आएको थियो । दुई नगरविच भगिनी सम्बन्ध स्थापना भएपछि अनौपचारिक सम्बन्धले औपचारिकता पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here