के मेस्सी र रामोस पिएसजी जाँदैछन् ? यसो भन्छन् स्पेनिस मिडिया

काठमाडौं । स्पेनका दुई ठूला क्लव बार्सिलोना र रियल मड्रिडका कप्तान लियोनल मेस्सी र सर्जियो रामोस अर्को सिजन फ्रान्सको क्लव पिएसजी जाने विषयले निकै चर्चा पाईरहेको छ ।

रामोस मड्रिडसंग सम्झौता नवीकरण गर्न असन्तुष्ट हुनु र उता एमबाप्पे पनि रियल आउन अस्विकार गर्नुले त झनै यो विषयलाई सहयोग गरिरहेको छ ।

आफ्नो पारिश्रमीकको विषयमा असन्तुष्टी जनाउदै आएका रामोस १० प्रतिशत पारिश्रमीक बढाउन पर्ने अढान छन् । अहिल रामोेसले रियलबाट प्रतिसिजन १५ मिलियन युरो कमाउँदै आएका छन् ।

स्पेनकै केही मिडियाहरुले त रामोस फ्रान्स जाने तयारी गरिरहेको कुरा प्रकाशन गरेका छन् । जसमा रामोस फ्रान्सको राजधानमी बसाइँ सर्नका लागि फ्रेन्च भाषा सिक्न थालेको कुरा उल्लेख छ ।

यता बार्सिलोनाका कप्तान मेस्सी पनि पछिल्लो समय क्लव प्रर्दशनबाट असन्तुष्ट भएसंगै क्लव छोड्ने कुराले चर्चा पाईरहेको छ । त्यसो त मेस्सीको नाम इङ्लीस क्लव म्यान्चेष्टर सिटीसंग पनि नजोडिएको भने होइन् ।

तर, केही समयअघि मेस्सी आफैले एउटा स्पेनिस अन्र्तवातामा अमेरिकन क्लवबाट खेल्न मन लागेको कुरा पनि बताएका थिए ।

यस्तोमा फ्रान्सेली क्लव पिएसजीले बार्सिलोनाका मेस्सी र रामोसलाई समेट्दै ‘महान् टिम’ बनाउने योजनामा रहेका कुरा स्पेनिस मिडियामा उल्लेख भएको छ ।

यसैले रामोसको ध्यान फ्रान्सतिर केन्द्रित भएको पनि स्पेनिस मिडिया अट्टीको दाबी छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here