थप ४०९ जनामा कोरोना संक्रमण, ४९५ जना डिस्चार्ज

काठमाडौं, २२ पुस । नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ९५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै अहिलेसम्म २ लाख ५६हजार १ सय ६१ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ जना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here