बार्सिलोनाको रोमाञ्चक जित, मेसीले गरे दुई गोल

काठमाडौं, २३ पुस । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्वाओलाई उसकै मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले दुई गोल गरेका थिए भने पेड्रीले एक गोल गरेका थिए । त्यस्तै एथलेटिक क्लबका लागि इनाकी विलियम्स र इकर मुनियनले एक एक गोल गरेका थिए ।

घरेलु टोलीले खेलको तेस्रो मिनेटमा नै राहुल गार्सियाको पासमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो । तर, बिल्वाओको त्यो अग्रता लामो समय टिकेन । १४औं मिनेटमा पेड्रीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

३८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । उनले पेड्रीको पासमा गोल गरेका थिए । ६२औं मिनेटमा मेस्सीले एन्टोइन ग्रिजमनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अघि बढाए ।

यो जितसँगै बार्सिलोनाको ला लिगामा १७ खेलमा ३१ अंक भएको छ र लिगमा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।

अब बार्सिलोना शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिड भन्दा ७ अंकले पछाडी रहेको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ५ अंकले पछाडी रहेको छ । त्यस्तौ एथलेटिक क्लबको १८ खेलमा २१ अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here