अक्षय कुमारले सुरु गरे ‘बच्चन पाण्डेय’ को सुटिङ

काठमाडौं । भारतिय सपुरस्टार अभिनेता अक्षय कुमारले कोरोना संक्रमणको कारण रोकिएको आफ्नो पछिल्लो सिनेमा ‘बच्चन पाण्डेय’ को सुटिङ सुरु गरेका छन् ।

बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत अक्षयले आफ्नो पछिल्लो सिनेमा ‘बच्चन पाण्डेय’ को सुटिङ सुरु भएको जानकारी दिएका हुन् ।

यसअघि २०२१ जनवरी २२ तारिखमा रिलीज हुने भनिएको यो सिनेमाको सुटिङ कोरोना संक्रमणको कारण रोकिएको थियो ।

फिल्ममा अक्षय कुमार एउटा ब्राह्मणको भुमिकामा रहनेछन् । सिनेमामा अक्षय कुमार, कृति सनन र ज्याकलिन फर्नान्डेजको मूख्य भुमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here