‘अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्थ्यो’

काठमाडौं, २३ पुस । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको ठाउँमा आफू भएको भए राजीनामा दिने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा पहिलोपटक बोल्दै गौतमले पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । उहाँले राजीनामा दिएको भए मेहनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो गौतमले भने । ’

राष्ट्रियसभामा नेता गौतमले आफू प्रधानमन्त्री ओलीको आलोचक भएको पनि बताए ।

प्रधानमन्त्रीको म कटु आलोचक हुँ । उहाँको कार्यशैलीले नै हाम्रो पार्टीमा धेरै धेरै विवाद उत्पन्न गराएको हो, उहाँलाई मैले शैली सुधार गर्नुपर्छ भनेर धेरैपटक भनेको छु,’उनले भने, ‘प्रतिनिधिसभा भंग गर्दा प्रधानमन्त्रीले सोध्नुभएन । मलाई थाहा थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here