आफूले संविधान नमान्ने,अरुले मात्र मान्नुपर्ने भन्ने सोचाइ राख्ने प्रधानमन्त्री हिटलर हो ?

काठमाडौं, २३ पुस । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओेलीलाई हिटलरको संज्ञा दिएका छन् ।

राष्ट्रियसभा बैठकमा विशेष समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रायमाझीले ओलीले संविधान नमानेर हिटलर बन्न खोजेको आरोप लगाएका हुन् ।

उनले असंवैधानिक काम गर्ने व्यक्तिलाई प्रधानमन्त्री भन्ने कि नभन्ने भन्दै यस्तो प्रश्न गरे । प्रधानमन्त्री ओलीले चुनाव हारेका मान्छेलाई मन्त्री बनाएर र मन्त्रिपरिषद् विस्तार गरेर संविधानको खिल्ली उडाउको आरोप पनि लगाए ।

‘संविधान प्रधानमन्त्रीले मान्नुनपर्ने । प्रधानमन्त्री हिटलर हो ? जे मन लाग्यो त्यही गर्ने ? म ओलीलाई मात्र भन्दिनँ सारा कम्युनिस्ट पार्टी दोषी छ यो मुलुकमा । मुलुकलाई यो दिशामा पुर्‍याउन,’ उनले भने ।

त्यस्तै, रायमाझीले सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्नेगरी प्रधानमन्त्री ओलीले बोलेको भन्दै आलोचना पनि उनले गरे । प्रधानमन्त्री र मन्त्रीहरुलाई सर्वोच्च अदालतलाई प्रभावित गर्ने गरी नबोल्न पनि उनले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here