प्रधानमन्त्री ज्यू ! ‘तपाई सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस्, खुलामञ्चमा बहश गरौं’

काठमाडौं, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग खुलामञ्चमा बहश गर्न तयार रहेको चुनौती दिएका छन् ।

संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर ४ को विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले खुला मञ्चमा बहश गर्न चुनौती दिएका हुन् ।

‘कमरेड ओलीलाई खुला चुनौती, तपाई सुवास नेम्वाङ र अग्नी खरेल बोकेर आउनुस् हामी संविधान जारी गर्ने रामवरण यादव लिएर आउँछौं । खुलामञ्चमा बहश गरौं उनले भने ।

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोकरका रुपमा तुलना गर्दै नेता थापाले ओली भाषणमा गफदिँदै गर्दा ताली बजाउनेहरुलाई संयमित भएर सोच्न समेत आग्रह गरे । उनले भने, ‘तपाइँहरुले प्रधानमन्त्री खोजेको होकी जोकर खोजेको हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here