स्पेनिस ला लिगा: शानदार जित निकाल्दै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौं, २६ पुस । स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० गोल अन्तरले पराजित गरको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले २-२ गोल गरेका थिए । बार्सिलोनासँग कमजोर सावित भएको ग्रानाडाले खेलको पहिलो हाफमा तीन गोल खायो ।

पहिलो हाफमा बार्सिलोनका लागि ग्रिजम्यानले खेलको १२ मिनेटमा गोल गरे भने मेस्सीले ३५ र ४२ मिनेटमा दुई गोल गरे । मेस्सीको दुई र ग्रिजम्यानको १ गरेर पहिलो हाफमा ३–० ले पछाडि परेको ग्रानाडाले दोस्रो हाफमा थप एक गोल खाएको हो ।

७८ औँ मिनेटमा ग्रानाडाका भालेजो सीधै रातो कार्ड पाएर मैदान छोडे । भालेजोले मैदान छोडेपछि ग्रानाडा १० खेलाडीमा सीमित भएको थियो ।

१० खेलाडीमा सीमित भएपछि भने बार्सिलोनाले गोल थप्न सकेन ।

यस खेलमा दुई गोल गरेसँगै मेसीले यस सिजनमा ११ गोल गरेका छन् । साथै मेसी ला लिगामा लगातार १५ सिजनसम्म १० भन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १८ खेलमा ३४ अंक भएको छ भने शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडभन्दा ४ अंकले पछाडी छ तर एटलेटिकोले ३ खेल कम खेलेको छ ।

त्यस्तै ग्रानडाको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौ स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here