एकैदिन प्रतितोला २,३०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २,३०० रुपैयाँ घटेको छ ।

शुक्रबार प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २,३०० रुपैयाँ घट्दै प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको नेपाल सूनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आइतबार तेजावी सुनको मूल्य पनि प्रतितोला २,३०० रुपैयाँ नै घट्यो । आज तेजावी सुनको कारोबार मूल्य ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँ घट्यो । आइतबार चाँदीको कारोबार मूल्य १२ सय ७० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here