काठमाडौं उपत्यकामा ३१४ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २७ पुस । काठमाडौं उपत्यकामा एकैदिन ३ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित भेटिएका हुन्।

यो सँगै काठमाडौंमा कुल संक्रमितको संख्या ९८ हजार ९ सय २९ पुगेको छ। जसमध्ये ९६ हजार २ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४ सय ८१ जनाको मृत्यु भएको छ। काठमाडौंमा अझै पनि २ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here