युरोपेली उत्पादनमा अमेरिकाले कर बढायो

काठमाडौं । मंगलबारदेखि लागु हुनेगरी संयुक्तराज्य अमेरिकाले फ्रान्स र जर्मनीमा उत्पादित विमान सेवाका पाटपुर्जा र अन्य उत्पादनमाथि कर वृद्धि गरेको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागले सूचना प्रकाशन गरी फ्रान्स र जर्मनीबाट उत्पादित ठूला नागरिक विमानका पाटपुर्जामा १५ प्रतिशत थप कर उठाइने जानकारी दिएको हो । साथै, यी दुई मुलुकका अन्य कतिपय उत्पादनमा २५ प्रतिशतसम्म भन्सार कर लिइने पनि विभागको सूचनामा उल्लेख छ ।

गत साता, अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले विमानका पाटपुर्जामा थप १५ प्रतिशत करवृद्धि गर्ने घोषणा गरेको थियो । साथै फ्रान्स र जर्मनीमा उत्पादित वाइनमा २५ प्रतिशत थप कर लिइने पनि प्रशासनले बताइएको थियो ।

अमेरिकी घोषणासँगै युरोपेली युनियनले पनि नोभेम्बर २०२० मा ४ अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा पनि करवृद्धि गर्ने घोषणा गरेका थिए ।(एनेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here