काठमाडौं उपत्यकामा २५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २८ पुस । काठमाडौं उपत्यकामा २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जना कोरोना संक्रमित भेटिएका हुन्।

योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।

हालसम्म काठमाडौंमा २ हजार २४१ ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here